कर्पोरेट

सीजी मेरिडियाको आइओटी इन्भर्टर एसी बजारमा

इकागज |
जेठ १०, २०७९ मंगलबार १६:२७ बजे

काठमाडौँ- लोकप्रिय ब्राण्ड सीजी अन्तर्गत 'सीजी मेरिडिया' को आइ ओटी इन्भर्टर एसी बजारमा बिक्री सुरू गरेको छ ।

'डिस्ट्रिब्युटेड हेल्दी फिल्टर सिस्टम' जडित 'सीजी मेरिडिया' आइओटी इन्भर्टर एसी ५६ डिग्रीको उच्च तापक्रममा आफैं सफा र निर्मलीकरण हुने विशेषता रहेको छ । डिजिटल इन्भर्टर जडान भएकाले विद्युत खपतलाई कम गर्दछ भने स्मार्ट कन्ट्रोल अन्तर्गत वाईफाई र एआई भ्वाइस कन्ट्रोल मार्फत यस एसीलाई चलाउन सकिन्छ । 


६० डिग्रीको उच्च परिवेश तापक्रममा अति शीतल र २० डिग्रीको उच्च परिवेश तापक्रममा अति न्यानो बनाउन सक्ने यसको विशेषता रहेको छ । 'सेल्फ डायग्नोसिस', उच्च क्षमता, पर्यावरणमैत्री आदि विशेषता भएको एसीले लिकेजहरू समेत पत्ता लगाउँछ । 

१८ डेसिबलको हावाको गतिका कारण निकै शान्त रहने एसीमा फोटो सेन्सिटिभ सेन्सर जडान भएको छ । गुगल असिस्टेन्टबाट समेत चलाउन सकिने यस स्मार्ट एसीका लागि एन्ड्रोइड र आइ। ओ। एस। डिभाइस दुवैका लागि सीजी स्मार्ट होम एप पनि डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ ।


Author

थप समाचार
x