कर्पोरेट

एनएचसीएल मार्फत थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध

इकागज |
जेठ ८, २०७९ आइतवार १२:३३ बजे

काठमाडौंँ- नेपाल राष्ट्र बैंकको 'रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)' प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनीहरुलाई आवद्ध गराइएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडले उपलब्ध गराएको 'कनेक्ट आरटीजीएस' को प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् ।

 मितेरी डेभलपमेन्ट बैंक लि, नेपाल फाइनान्स लि, समृद्धि फाइनान्स लि। तथा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं लि हालै उक्त प्रणालीमा थपिएका छन् । यस अघि २४ वटा वाणिज्य बैंक, ९ विकास बैंक र ८ वित्त कम्पनीमा आरटीजीएस प्रणाली सञ्चालनमा आइसकेका छन् । आरटीजीएस प्रणालीमा रहेका बैंक÷वित्तीय संस्था मध्ये ४६ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटीजीएस मार्फत सो प्रणालीमा जोडिएका हुन् ।  


आरटीजीएस प्रणाली मार्फत २ लाख भन्दा माथिका र तत्काल गरिने भुक्तानी अब यी विकास बैंक र वित्त कम्पनीका ग्राहकहरू वा अन्तरबैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको चैत्र मसान्तको तथ्याङ्क अनुसार आरटीजीएस प्रणाली मार्फत ४३.४ खर्ब बराबरको ६५,३७६ भुक्तानी कारोबारहरू फर्छ्यौट भइसकेको छ ।  


Author

थप समाचार
x