कर्पोरेट

कोका–कोला नेपालले युथ स्पिक फोरमसँगको सहकार्यमा (वाइएसएफ) २०२२ आयोजना गर्दै

इकागज |
जेठ ८, २०७९ आइतबार ११:३८ बजे

काठमाडौँ- नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि योथ स्पिक फोरम सञ्चालन गर्ने भएको छ । कोका–कोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्न थालेको हो र त्यसयता यसले एक्सन फर एसडिजि २०१७, योथ स्पिक फोरम २०१७, २०१९ र २०२१ लगायत अन्य कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।

'इएसएफ इंगेज विथ आइसेक' अन्तर्गतको एउटा कार्यक्रम हो जसको मुख्य उद्धेश्य युवा सशक्तीकरण रहेको छ । यस कार्यक्रमले विभिन्न क्रस सेक्टर र मल्टिजेनेरेसनल स्पेसका युवा नेताहरुलाई विश्वव्यापी मुद्धाहरुको बारेमा छलफल गर्न एकै ठाउँमा भेला हुने अवसर प्रदान गर्छ ।


सशक्तीकरण, सहभागिता र प्रतिबद्धता गरी तीन चरणमा सञ्चालन हुने यो कार्यक्रमले युवाहरुलाई बहस र छलफलका निष्कर्षलाई कसरी कार्यान्वयन गर्न सकिन्छ र त्यस मार्फत कसरी दिगो विकासका लक्ष्यहरु हासिल गर्नको निम्ति योगदान दिन सकिन्छ भन्ने कुरामा जोड दिन्छ । अहिलेको पुस्ता अनियन्त्रित फोहोर व्यवस्थापनको असरले प्रत्यक्ष प्रभाव पारेको पहिलो पुस्ता हो र यसबारेमा केही गर्न सक्ने पनि अन्तिम पुस्ता हो । यस वर्षको युथ स्पिक फोरमको विषय “स्वच्छ भोलिको लागि दिगो फोहोर व्यवस्थापन” रहेको छ ।

वाइएसएफको तीनै चरणका कार्यक्रमहरु संयुक्त राष्ट्रसंघको सबैका लागि स्वच्छ खानेपानी र सरसफाइको उपलब्धताका साथै यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने एवम् दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने दुई मुख्य दिगो विकास लक्ष्यहरुमा केन्द्रित हुनेछन् । कोका–कोलाको “संसारलाई रिफ्रेस गर्ने र हरेक किसिमबाट सकरात्मक परिवर्तन गर्ने”उद्धेश्य र आइसेकको 'मानवीय क्षमताको पूर्ण सदुपयोग र शान्ति'उद्धेश्यसहित यसपालिको योथ स्पिक फोरम सञ्चालन हुँदैछ जसले यिनीहरु दुवैलाई आफ्नो उद्धेश्यको एक कदम नजिक ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


Author

थप समाचार
x