कर्पोरेट

सानिमा बैंकले ल्यायो 'सानिमा डबल धमाका मुद्दती खाता'

इकागज |
जेठ ७, २०७९ शनिवार २:११ बजे

काठमाडौँ- सानिमा बैंकले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकहरूलाई लक्षितगरि ल्याइएको उक्त मुद्दतीमा ग्राहकहरूले न्यूनतम ५ लाख रूपैँयाको मुद्दती खोल्न सक्नेछन् । 

ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गर्न सकिने भएको छ ।  प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरू स्वयंले व्यहोर्नु पर्ने  बताइएको छ । 


व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन् । ग्राहकले २ लाख सम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । यस योजना अन्तर्गत एक भन्दा बढी मुद्दती खाताहरू समेत खोल्न सकिने  छ। 

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा ए.टि.एम। सञ्चालनमा रहेका छन् । 


Author

थप समाचार
x