कर्पोरेट

लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर मधेश प्रदेशमा विस्तार

इकागज |
जेठ ७, २०७९ शनिबार २:३ बजे

काठमाडौँ- लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरहरू महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका छन् । यी एक्सटेन्सन काउन्टरहरुको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १ सय ४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १ सय ७६ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरू पुगेको बैंकले जनाएको छ ।

यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।


साथै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, एटिएम, इन्टरनेट बैंकिङ्ग वा मोवाइल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।


Author

थप समाचार
x