कर्पोरेट

क्लासिक टेक ल्यायो ३ महिनाका लागि २२५ एमबीपीएस इन्टरनेट ३३ सयमा

इकागज |
जेठ ५, २०७९ बिहीबार १७:३६ बजे

काठमाडौँ- इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालमा सबैभन्दा कम दरमा नयाँ प्याकेज ल्याएको छ । कम्पनीको टाक्एन २२५ एमबीपीएस नामक योजना सार्वजनिक गरेको हो। प्याकेज अन्तर्गत इन्टरनेट फाइभ जी डुअल ब्यान्ड राउटर सहितको ३ महिनाको लागि मात्र ३३०० (भ्याट सहित ३ हजार ७ सय २९) र डुअल ब्यान्ड राउटर चाहिएमा १ हजार धरौटी लाग्ने कम्पनीले जनाएको छ।

नयाँ प्रयोगकर्ताहरूका लागि रजिस्ट्रेसन शुल्क र फाइबर शुल्क समेत मिनाहा गरिएको कम्पनीले जनाएको छ।  क्लासिक टेकले यो सबैभन्दा कम मूल्यमा सबैभन्दा छिटो गति भएको दाबी गरेको छ। डुअल ब्यान्ड राउटरसँगको २ सय २५ एमबीपीएस स्पीडले प्रयोगकर्तालाई उत्कृष्ट गति र कम पिङ पाउने कम्पनीको दावी छ।यसबाट गेमर, अनलाइन क्लास, लाइभ स्ट्रिमर र भिडियो कलिङका प्रयोगकर्ता लाभान्वित हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 



Author

थप समाचार
x