सगरमाथामा रोयल इनफिल्डको झण्डा फहराइयो
काठमाडौँ- नेपालका एक मात्र रोयल इनफिल्डका भेट्रान सोलो राइडर प्रमोद श्रेष्ठले सगरमाथा सफल आरोहण गरेका छन् । उनले जेठ १ गते सगरमाथाको सफल आरोहण गरेका हुन् । आरोहण ११ अप्रिलमा शुरू गरेका थिए । उनले १० जना विभिन्न मुलुकका पदयात्रीसँगै आरोहण पूरा गरेका हुन् ।
सगरमाथा आरोहण '८८४८ बालिकालाई बालविवाह विरुद्ध शिक्षा' अभियानलाई सफल बनाउन अल्फा अटोमोटिभ प्रा.लिले त्रिवेणी ग्रुपको कार्यालयमा अप्रिल ९ मा एक कार्यक्रम आयोजना गर्दै कम्पनीका निर्देशक हर्ष संघाइले शुभकामनाका साथै रोयल इनफिल्डको झण्डा पनि प्रदान गरेका थिए । प्रमोद श्रेष्ठले सगरमाथाको चुचुरोमा रोयल इनफिल्डको झण्डा सफलतापूर्वक पुर्याई फहराए ।
विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभले नेपालभर बिक्री अनुमति पाएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया