संवैधानिक अंग

जनकपुरमा प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना

इकागज |
पुस १५, २०७८ बिहिवार २०:२४ बजे

जनकपुरधाम - राष्ट्रिय सभाको हुने निर्वाचनका लागि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहिबार एक कार्यक्रमबीच माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभाको निर्वाचनका लागि प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । सो कार्यालयमा निर्वाचन अधिकृतको रुपमा ब्रजेश प्याकुरेलले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा प्रदेशभरीका उम्मेदवारको मनोयन दर्तादेखि मतदाताहरुलाई मतदान गर्नका लागि जनकपुरधाममै सुविधा मिलाउन उद्देश्यले सो कार्यालयको स्थापना गरिएको निर्वाचन आयोगको प्रादेशिक कार्यालयकी प्रमुख पुष्पा झाले जानकारी दिइन् ।


माघ १२ गते देशै भरी हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश २ का ८ वटै जिल्लाका ३ सय ७२ जना मतदाता रहेको छ । राष्ट्रियसभाका लागि हुने निर्वाचनमा प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख, उपप्रमुखहरुले मतदान गर्न पाउनेछन् । प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य र पालिकाहरुका २ सय ६८ प्रमुख तथा उपप्रमुखहरु रहेका छन् । 


Author

थप समाचार
x