संवैधानिक अंग

छ अर्ब ५० करोड खर्च

निर्वाचन आयोगले सरकारलाई तीन अर्ब रुपैयाँ फिर्ता पठाउने

इकागज |
माघ २०, २०७९ शुक्रवार १३:३२ बजे

काठमाडौँ - निर्वाचन आयोगले सरकारलाई झण्डै तीन अर्ब रुपैयाँ फिर्ता गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारलाई झन्डै ३ अर्ब रूपैयाँ चुनाव खर्च फिर्ता गर्न लागेको जानकारी दिए ।

शुक्रबार आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले चुनावका लागि सरकारसँग १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेर मागेकोमा अब हुने राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सकेर सरकारलाई ३ अर्ब रूपैयाँ फिर्ता गर्ने तयारीमा रहेको बताएका हुन् । 


आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १० अर्ब बजेट मागेको थियो । आयोगको मागअनुसार अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० अर्ब बजेट सुनिश्चित गरेको थियो । यसअघि ०७४ को प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्न ७ अर्ब ८० करोड खर्च भएको थियो ।

आयोगले मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा छ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।


Author

थप समाचार
x