सिनेमा

वर्षाको विकनी फोटोमा फ्यानको प्रश्न : फोटोग्राफर फेरिए कि पुरानै हुन् ?

इकागज |
चैत ६, २०७८ आइतबार १३:५७ बजे

काठमाडौँ - वर्षा सिवाकोटीलाई अमेरिका आजभोलि पानी पँधेरो छ । नेपालमा फुर्सद भयो कि अमेरिका पुगिहाल्छिन् । बाँकी हिरोइन सुटिङको तरखरमा रहँदा वर्षा भने यतिबेला अमेरिकामा छिन् । 

अघिल्लो हप्ता अमेरिकामा देखिएकी वर्षाले शनिबार साँझ भने विकनीमा केही फोटोहरू सेयर गरिन् जसले नेपाली मनोरञ्जन जगतमा हलचल आएको छ । खासगरि गसिप कोलममा । उनले सामाजिक सञ्जालमा सेयर भएका फोटोलाई पत्रकार तथा फ्यान दुवैले चाख मानी चर्चा गर्ने गरेका छन् । यसो त उनको फोटोमा कमेन्टको राम्रै चाङ देखिन्छ । यसरी कमेन्ट गर्नेमध्ये केहीले भने उनको फोटोग्राफरमाथि चासो राखेका छन् । यीमध्ये पनि केहीले वर्षाको फोटोग्राफर फेरिए कि पुरानै होलान् भन्ने जिज्ञाषा राखेका छन् । 


वर्षालाई यो प्रश्न आउने सानो इतिहास छ । पहिलो लकडाउनअघि वर्षाका अमेरिकाबाटै यस्ता तस्बिर आउँथे । यो बेला वर्षा किन अमेरिका छन् र उनको फोटोग्राफर को हुन् कसैले पनि पत्तो पाउन सकेको थिए । तर पहिलो लकडाउनपछि उनी आफैँले किस्ता किस्तामा फोटोग्राफर सार्वजनिक गरिदिइन् ।

ती फोटाग्राफर अरु कोही नभएर वर्षाका उसबेलाका प्रेमी सविनजंग थापा रहेछन् । तर यता फोटोग्राफर सार्वजनिक हुनु र वर्षाको सविनसँग ब्रेकअप हुने लगभग एकै समय परेछ । यता सविन र वर्षाका फोटो मिडियामा आइरहेका थिए उता त अमेरिकामा दुवैको ब्रेकअप भइसकेछ ।

वर्षा अमेरिका आइपुग्दा त सविनले वर्षाले हुनसम्मको धोका दिएको भन्दै इन्स्टाग्राममा फोटोसहित लामा लामा स्ट्याट्स हाले । यसरी वर्षाको उसबेलाको फोटोग्राफरसँग ब्रेकअप भयो ।

तर त्यहाँबाट फर्केर अभिनेता राज कटुवालसँग अफेयर गरिरहेकी वर्षा यतिबेला अमेरिका छिन् र उनले फ्लोरिडाबाट ती तस्बिर सार्वजनिक गरेकी हुन् । वर्षाले विकनीमा जस्ता फोटो सेयर गरेकी छिन् ति अति नजिकको मान्छेले मात्र खिच्न सक्छन् । फोटो मात्र हेर्दा यो प्रोफेसनल फोटोसुट पनि लाग्दैन ।

यसले के अनुमान गर्न सकिन्छ भने वर्षा फेरि अमेरिकाको कोही फोटोग्राफरसँग नजिक भएकी छिन् । तर फ्यानलाई भएको कन्फ्युजन के हो भने ती फोटोग्राफर पुरानै हुन् कि नयाँ हुन् ? कतै फेरि वर्षाको सविनसँग प्याचअप भएको त हैन ? यसको जवाफ वर्षाबाहेक अरु कोसँग होला र ? 


Author

थप समाचार
x