सिनेमा

शिवरात्रीमा आलियाको ‘गंगुबाई काठियावाडी’

इकागज |
माघ १४, २०७८ शुक्रबार १०:४० बजे

मुम्बई- शिवरात्रीमा नेपाली फिल्म रिलिज गर्ने ताकमा रहेका नेपाली निर्माताका लागि दुःखको खबर छ । अब यो मितिमा नेपाली निर्माताले बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’प्रतिस्पर्धा गर्नुपर्नेछ । 

नेपालमा अहिलेसम्म यो मितिमा ‘लप्पन छप्पन २’ प्रदर्शन हुने चर्चा छ । यसअघि यही मितिमा आउने घोषणा गरेको ‘प्रेमगीत ३’ले यो मितिमा नआउने घोषणा गरिसकेको छ । 


‘गंगुबाई काठियावाडी’ले दोस्रो महामारीपछि जनवरी ६ मा प्रदर्शन गर्ने घोषणा गरेको थियो । यसको एक दिनपछि ‘आरआरआर’ आउने भएपछि यो फिल्म सरेर फ्रेब्रुअरी १८ मा पुगेको थियो । तर त्यसबाट एक हप्ता पछि सर्दै फ्रेब्रुअरी २५ मा आउन लागेको हो । 

सञ्जयलीला भन्सालीको निर्माण तथा निर्देशन रहेको यो फिल्ममा आलिया भट्टको मुख्य भूमिका रहेको छ । अजय देवगनसमेत रहेको फिल्मले भारतको स्वतन्त्रताअघि काठियावाडीमा वेश्यालय सञ्चालन गर्ने गंगुबाईको कथा भन्छ । भन्सालीको यो फिल्म वास्तविक चरित्रमा आधारित हो । 


Author

थप समाचार
x