सिनेमा

लभसँग बिहे गर्दै नुसरत बरुचा

इकागज |
माघ १३, २०७८ बिहीबार १६:४४ बजे

मुम्बई - अभिनेत्री नुसरत बरुचाले निर्देशक लभ रञ्जनसँग विवाह गर्ने भएकी छिन् । टाइम्स अफ इन्डियाका अनुसार आउँदो महिनाको १५÷१६÷१७ गते दुवैबीच विवाह हुने भएको छ । 

विवाहअघि लभ रञ्जनले रनवीर र श्रद्धा कपुर अभिनीत फिल्मको सुटिङ सक्नेछन् ।  नुसरत र बरुचाले ‘प्यारका पञ्चनामा’मा सँगै काम गरेका थिए । त्यसयता नुसरतलाई लिएर मात्र लभ रञ्जनले थप तीन फिल्म निर्देशन गरेका छन् । 


‘प्यारका पञ्चनामा २’, ‘आकाशवाणी’, ‘सोनु के टिटु कि स्विटी’ दुवैले निर्देशक र अभिनेत्रीको रुपमा काम गरेका फिल्म हुन् । दुवैको यही महिनाको सुरुमै विवाह गर्ने तयारी थियो । तर यही समयमा ओम्रिकोन फैलिएपछि उनीहरूको विवाह एक महिना पछि धकेलिएको थियो ।

बलिउडमा यतिबेला विवाहको लहर चलिरहेको छ । बिहीबार मात्र अभिनेत्री मौनी रोयको व्यापारीसँग विवाह भएको छ । नागिनको रुपमा परिचित मौनी रोयले केही बलिउड फिल्ममा पनि अभिनय गरेकी छिन् ।  


Author

थप समाचार
x