सिनेमा

स्वस्तिमा र माओत्सेको अभिनय रहेको मलयालम फिल्म ‘थिरिमाली’ हलमा रिलिज

इकागज |
माघ १३, २०७८ बिहीबार १५:२४ बजे

काठमाडौँ - नेपाली कलाकार स्वस्तिमा खड्का र माओत्से गुरुङको अभिनय रहेको मलयालम फिल्म ‘थिरिमाली’ आजबाट भारतमा रिलिज भएको छ । फिल्मको पोस्टर सेयर गर्दै अभिनेता माओत्से गुरुङले फिल्म सार्वजनिक भएको जानकारी गराएका छन् । उनले मलयालम भाषामा बनेको यो फिल्म केरलाका दर्शकले हेर्न सकिने जानकारी गराएका हुन् । 

यो फिल्ममा स्वस्तिमा खड्काको पनि अभिनय रहेको छ । केही दिनअघि उनको नृत्य रहेको गीत सार्वजनिक भएको थियो । तर नेपाललाई गलत तरिकाले चित्रण गर्ने गीतमा नाचेको भन्दै स्वस्तिमाको आलोचना भएको थियो ।


हिन्दी भाषाको सो गीतमा निर्माताले अभिनेत्री अदिती बुढाथोकी र जसिता गुरुङको फोटो दुरुपयोग गरेका थिए । विवादपछि भिडियोबाट निर्माताले दुवै अभिनेत्रीको फोटो हटाएका थिए । केरलाबाट नेपाल आउने तीन पात्रको कथामा आधारित फिल्मको सुटिङ काठमाडौँ, पोखरा र मुस्ताङमा पनि गरिएको थियो ।


Author

थप समाचार
x