सिनेमा

अस्करको युट्युब च्यानलमा आउन सूर्याले पैसा तिरेको खुलासा

इकागज |
माघ ११, २०७८ मगलवार १७:३५ बजे

मुम्बई - केही दिनअघि सूर्या अभिनीत फिल्म ‘जय भिम’को केही दृश्य युट्युब च्यानलमा आएको कुराले सर्वत्र चर्चा पायो । फिल्म निर्माण कम्पनी र सूर्या स्वयंले पनि अस्करको युट्युब च्यानलमा आउनु उच्च सम्मानको द्योतक भएको भन्दै दर्शकसामस खुसी बाँडे । तर मंगलबार अस्करलाई पैसा बुझाएर सूर्याले फिल्मको क्लिप्स अस्करको युट्युब च्यानलमा राख्न लगाएको खुलासा भएको छ । 

ट्वीटरले फिल्म निर्माण कम्पनीले ‘प्राउड मोमेन्ट’ भन्दै सेयर गरेको कुरालाई गर्वलायक क्षण नभएको भन्दै टिप्पणी गरेपछि यो रहस्य उघारिएको हो । निश्चित रकम तिरेपछि च्यानलमा आउन सकिने पनि ट्वीटरले उल्लेख गरेको छ । 


ट्वीटरमा अस्करको पेजमा भएको सूचना राख्दै ट्वीटर प्रयोगकर्ताले ५ हजार अमेरिकी डलर तिरे च्यानलमा आउन सकिने बताएका छन् । अर्थात नेपाली ६ लाख हाराहारी पैसा तिरेमा फिल्मका केही दृश्य र निर्देशकको भनाइसहित च्यानलमा राख्न सकिनेछ । सूर्याले यसरी नै पैसा तिरेर क्लिप्स राखेको धेरैको टिप्पणी छे । यो विषउमा सूर्याले भने अहिलेसम्म प्रतिक्रिया जनाएका छैनन् ।


Author

थप समाचार
x