सिनेमा

गायक सुशान्त केसीसँगको अफेयरमा आना, सोनमसँग ब्रेकअप !

इकागज |
पुस २०, २०७८ मंगलबार १२:२४ बजे

काठमाडौँ - ‘जेरी’ अभिनेत्री आना शर्माको सोनम शेर्पासँग ब्रेकअप भएको खबर छ । आनाको सोसल मिडियाका स्टोरीमा बारम्बार देखिने सोनम आजभोलि त्यहाँ देखिन्नन् । बरु उनको साटो गायक सुशान्त केसी देखिन थालेका छन् । 

आना र सोनमको ब्रेकअपको खबरलाई बल दिएको हो, आना र सुशान्तको अंग्रेजी नयाँ वर्षको सेलिब्रेसनले । नयाँ वर्ष मनाउन आना सुशान्तसँग मुस्ताङका गाउँ घुमिरहेकी थिइन् । सुशान्त र आनाका स्टोरीमा एकै ठाउँ स्पट भएको देख्न सकिन्थ्यो । 


हालसालै आनालाई लिएर सुशान्तले बनाएको म्युजिक भिडियोसमेत सार्वजनिक भएको थियो । ‘हराउन देऊ’ बोलको यो गीतमा सुशान्तले स्वप्न सुमनसँग सहकार्य गरेका थिए । भिडियोमा आना शर्मा फिचर्ड छन् । 

सुशान्तको ‘हराउन देऊ’ बोलको गीतको पोस्टरमा स्वप्न सुमनका साथ आना र सुशान्त 

‘जेरी’ताका अनमोल केसीसँग अफेयर रहेकी आनाले अनमोल र साम्राज्ञीराज्य लक्ष्मी शाहको चक्कर चलिरहेको आशंकामा एक्लै हिँड्ने निर्णय गरेकी थिइन् । तर यसको केही समय पछि नै आना सोनम शर्पासँग देखिन थालेकी थिइन् ।

सोनम शर्पा यति एयरलाइन्सका मालिक लाक्पा सोनम शेर्पाका कान्छा छोरा हुन् । स्विजरल्यान्डमा पढिरहेका सोनमलाई भेट्न आना पनि बारम्बार त्यता जाने गरेकी थिइन् । सोनमको ग्रयाजुएसनका दिन आनाले सोनमसँगको फोटो नै सार्वजनिक गरेकी थिइन् ।

गायक सुशान्त केसी भने अष्ट्रेलिया रिटर्न हुन् । अष्ट्रेलियामा बिजनेस पढ्न गएका सुशान्तले सन् २०१६ यता गीत संगीतमा सक्रियता देखाउन थालेका हुन् । यही साल सार्वजनिक भएको ‘आमा’ गीतले चर्चा पाएपछि उनले संगीतमा थप सक्रिय हुने निर्णय गरेका थिए । 

पूर्वप्रेमी सोनम शेर्पाका साथ आना 


Author

थप समाचार
x