सिनेमा

बुबाको आग्रहमा खेलेका थिए क्याप्टेन विजय लामाले ‘अन्तिम संस्कार’

इकागज |
जेठ १६, २०८० मंगलबार १२:३६ बजे

काठमाडौँ -  कलाकार तथा क्याप्टेन विजय लामा निर्देशक बुबा हेम लामालाई सम्झेर भावुक भएका छन् । सोमबार साँझ उनले आफूले खेलेको फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर रिलिजको सूचना दिँदै बुबालाई सम्झेर भावुक भएका हुन् । उनले आज आफ्नै खुट्टामा उभिए पनि सहाराको कमी महसुस गरेको उल्लेख गरेका थिए ।

‘ आज सवैथोक भएर पनि कोही नभएको जस्तो आभास हुँदैछ । आफ्नै खुट्टामा उभिएर पनि साहाराको कमी महसुस गर्दैछु । म हरेक चोटी लड्दा होस् वा चोटिँदा होस्, खुसी हुँदा होस् वा दुस्ख पर्दा मेरो बाउलाई सुनाउने गर्थेँ । आज बाउ न हुदा मसँग न दुस्ख बिसाउने ठाउँ छ न खुसी बाँड्ने ठाउँ नै छ । तिम्रो सम्झना मात्र छ ' लामाले लेखेका छन् । 


योसँगै उनले आफूलाई चलचित्र कर्ममा लगाउने पितालाई स्मरण गर्दै बुबासँग बसेर  अन्तिम संस्कार सँगै हेर्ने ईच्छा अधुरै रहेको बताएका छन् ।  'अन्तिम संस्कार चलचित्रको कथा सुनेपछि अभिनय गर्नु भनी आदेश दिएर चुपचाप ब्रम्हलिन भयौं । अलविदा मेरो बाऊ । मलाई र अन्तिम संस्कार चलचित्रलाई तिम्रो आर्शिर्वाद लागोस् । चलचित्रमा प्रवेश गरायौ अनि आफै यो सन्सार छोडेर जाने बेलामा पनि चलचित्र दिएर गयौ।' विजय लामाको मुख्य भूमिका रहेको फिल्म असार ८ मा प्रदर्शन हुँदैछ । फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । 

विजय लामाले हेम लामाको निर्माण तथा  निर्देशन रहेको आदर्श नारी चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । 


Author

थप समाचार
x