सिनेमा

अमेजन प्राइमको वेब सिरिज खेल्दै अदिती

इकागज |
जेठ १४, २०८० आइतवार १०:४७ बजे

काठमाडौं -  अभिनेत्री अदिती बुढाथोकी नेपालसँगै भारतमा पनि अभिनय यात्रामा सकृय छिन् । भारतमा अदितीलाई मोडलिङसँगै  म्युजिक भिडियोमा पनि बेलाबखत देखिने गरेको छ । तर अब भने अदितीले वेब सिरिजमा पनि अभिनय गर्ने भएकी छिन् । 

यस्तैमा म्युजिक वेव सिरिज सिजन १ मा अदिती मुख्य अभिनेत्रीको रुपमा काम गरिरहेकी छिन् । नितिन गावडेले निर्देशन गर्ने ‘म्युजिक वेब सिरिज’मा अदितीले सिजन १ देखि सिजन ३ सम्म काम गर्ने भएकी छिन् । अमेजन प्राइमबाट रिलिज हुने वेब सिरिजको सिनेमाटोग्राफर विनोद प्रधान रहेका छन् । अदिती अहिले यही वेब सिरिजको सुटिङमा ब्यस्त भइरहेकी छिन् ।


यता नेपालमा भने अदितीको होम प्रोडक्सन बाबरी प्रोडक्सनबाट नयाँ फिल्मको   निर्माणको तयारी पनि तीव्र रुपमा भइरहेको छ । ‘बाबरी’ रिलिज नहुँदै निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ अनटाइटल चलचित्रको घोषणा गरेकी थिइन् । सो अनटाइटल चलचित्रमा मुख्य कलाकारको रुपमा ‘बाबरी’कै कलाकारहरु धिरज र अदिति फाइनल भएका थिए । 


Author

थप समाचार
x