सिनेमा

‘बहाव’ हेरेर बुटवलकी विद्या न्यौपानेले जितिन् थाइल्यान्डमा पाँच दिनको टुर प्याकेज

इकागज |
जेठ १३, २०८० शनिवार १२:२ बजे

काठमाडौँ- फिल्म ‘बहाव’ले घोषणा गरेको थाइल्याण्ड भ्रमण अफरको विजेता पाल्पा घर भई हाल बुटवलमा बस्ने विद्या न्यौपाने भएकी छन् । यो फिल्म गत चैत २४ गते रिलिज भएको थियो ।

राजधानीमा शुक्रबार एक कार्यक्रमबीच फिल्मकी अभिनेत्री सुरक्षा पन्तले गोला प्रथाबाट विजेता छनोट गरेकी हुन् । विजेता न्यौपानेले भ्रमणमा दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज पुरस्कार स्वरुप पाएकी छन् ।

यसअघि निर्माण पक्षले ‘पुरस्कार जित्न योग्य हुनका निम्ति बहाव फिल्मको टिकट खल्ती एप मार्फत काट्नुपर्ने र खल्ती एपबाट फिल्मको टिकट काटेर फिल्म हेर्ने एक जोडीले एमडी होलिडेजको तर्फबाट थाइल्यान्डको टुर प्याकेजको घोषणा गरेको थियो । 

एमडी होलिडेजकी प्रमुख प्रतिनिधि बिनिता त्वयनाले ‘वहाब’को प्रमोसनमा जोडिन र अहिले विजेता घोषणा गर्न पाउँदा खुसी लागेको बताइन् । फिल्मले विजेताले विजेता घोषणा भएको दुई हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

विजेताले विशेष परिस्थितिमा यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई नाता प्रमाणित हुने कागजपत्र देखाएर प्याकेजको लागि मनोनित गर्न सक्नेछन् । श्रीधर पौडेलको निर्माणमा तयार भएको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाललगायतका कलाकारको अभिनय थियो ।



Author

थप समाचार
x