सिनेमा

‘बम्बई’ गर्न चाहान्थिन् मनीषा, तर गालीले बदलियो मन

इकागज |
चैत १७, २०७९ शुक्रबार १२:३४ बजे

मुम्बई -क्यान्सरसँग लामो समय लडेर पुनर्जीवन प्राप्त गरेकी मनीषा कोइरालाले पछिल्लो समय बलिउडलाई प्राथमिकतामा राखेकी छिन् । केही हप्ताअघि मात्र उनले अभिनय गरेको ‘शहजादा’ सार्वजनिक भएको थियो जुन बक्स अफिसमा चलेन । तर मनीषा चाँडै नै सञ्जयलीला भन्साली निर्देशित सिरिज ‘हिरामन्डी’मा देखिँदैछिन् जसलाई लिएर व्यापक उत्सुकता छ । तर बीचमा एउटा युट्युब अन्तर्वाताका कारण मनीषा मनोरञ्जन समाचारको हेडलाइनमा देखिन थालेकी छिन् । एउटा युट्युब अन्तर्वार्तामा उनले फिल्मसँगका धेरै किस्सा सेयर गरेकी छिन् जसमा ‘बम्बई’को प्रसंग पनि छ । 

‘बम्बई’ मनीषाको करिअरको सबैभन्दा राम्रो फिल्म मानिन्छ । व्यावसायिक र समीक्षात्मक दुवै रुपमा सफल फिल्मबाट मनीषाले फिल्मफेयर अवार्ड जितेकी थिइन् । तर सन् १९९५मा रिलिज भएको यो फिल्म मनीषाको हातबाट झण्डै उम्केको थियो । उनले पहिला त निर्देशक मणिरत्नम्लाई यो फिल्म नगर्ने जवाफ दिइसकेकी थिइन् । तर यसका छायांकार अशोक मेहताले मनीषालाई यो फिल्म नगरे पछुताउनु पर्ने चेतावनी दिएपछि मनीषा यो फिल्म गर्न राजी भएकी थिइन् ।


मनीषाले अन्तर्वार्तामा बताएअनुसार उनले यो फिल्म गर्न मन नगर्नु पछाडिको कारण भने यसको भूमिका थियो । फिल्ममा मनीषाले बच्चाको आमावाला भूमिका निर्वाह गर्नुपर्ने थियो र त्यतिबेला मनीषा जम्मा २० वर्षकी थिइन् । २० वर्षको उमेरमा नै बच्चाकी आमा बन्दा करिअर सकिन्छ भनेर धेरैले उनलाई तर्साएका थिए । सोही कारण उनले यो फिल्म नगर्ने मनस्थिति बनाएकी थिइन् । तर छायाँकारले मणिरत्नम् धेरै राम्रो निर्देशक भएको बताएपछि मनीषाले फिल्म गरेकी थिइन् । पछि मनीषाले मणिरत्नम्कै निर्देशनमा ‘दिल से’मा पनि काम गरिन् ।
 


Author

थप समाचार
x