सिनेमा

‘नाईँ नभन्नू ल ६’ ट्रेलर : सांगीतिक प्रेमकथामा एक्सनको जलप

इकागज |
चैत १६, २०७९ बिहिवार १५:३३ बजे

काठमाडौँ - बाल कलाकारलाई लिएर इमोसनल प्रेमकथा पस्कँदै आएका विकाश आचार्यले छैटौँ शृंखलामा पनि यही शैली पछ्याएका छन् । बिहीबार सार्वजनिक ट्रेलरमा पनि आचार्यले बाल बालिकासँगै जवान युवा युवतीको प्रेमकथालाई प्रस्तुत गरेका छन् । यो पटकको शृंखलामा एक्सनको पनि जलप थपिएको ट्रेलरले संकेत गर्छ । 

हरेक नयाँ शृंखलाबाट नयाँ कलाकारलाई मौका दिँदै आएका विकाश आचार्यले यो फिल्मबाट आशिर्वाद क्षेत्रीलाई लन्च गर्दैछन् । एक्सन र नृत्यमा आशिर्वाद छरितो देखिएका छन् । आशिर्वादलाई स्क्रिनमा जोडीको रुपमा आँचल शर्माले साथ दिएकी छिन् । 


फिल्ममा सरोज खनाल, प्रियंका कार्की, एभलिन खड्का, अथर्व उप्रेती आदिको पनि भूमिका छ । केकी अधिकारी, अनुभव रेग्मी, योगिशा खत्री, अभिषेक नेपाल अतिथी भूमिकामा छन् । 

विकाश आचार्यले अरुणदेव जोशी र सामीप्य तिमल्सेनासँग मिलेर लेखेका कथालाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । फिल्मलाई सन्देश शाहले सम्पादन गरेका हुन् । फिल्ममा भूपेन्द्र रायमाझी, वसन्त सापकोटा र शरद शंकरको संगीत रहेको छ । सञ्जय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान कार्यकारी निर्माता रहेको फिल्मलाई विकाश आचार्य र विष्णुमणि दाहालले निर्माण गरेका हुन् । फिल्म नयाँ वर्षको पहिलो दिन वैशाख १ गते सार्वजनिक हुँदैछ । 

 


Author

थप समाचार
x