सिनेमा

सलमान खानलाई ज्यानको धम्की दिने २१ वर्षीया युवा पक्राउ

इकागज |
चैत १३, २०७९ सोमबार ७:३५ बजे

सांकेतिक तस्बिर

मुम्बई- बलिउड अभिनेता सलमान खानलाई इमेलमार्फत ज्यान मार्ने धम्की दिने एकजना युवा पक्राउ परेका छन् । 

मुम्बई प्रहरीको एक अपरेशनमाफर्त अभिनेता खानलाई धम्की दिएको आरोपमा जोधपुरबाट २१ वर्षीय राम विश्नोईलाई पक्राउ गरिएको हो । 


मुम्बई प्रहरीले राजस्थान प्रहरीसँग मिलेर गरेको ज्वाइन्ट अपरेसनमार्फत जोधपुरबाट २१ वर्षीय विश्नोई पक्राउ परेका हुन् । मुम्बई प्रहरीको अनुसन्धानपछि आरोपितलाई पञ्जाब प्रहरीसमक्ष सुम्पिँदैछ ।

सलमान खानलाई केही दिनअघि इमेलमार्फत उनले धम्की दिएको आरोप छ । इमेलमा भनिएको थियो– ‘तिम्रो हालत पनि सिद्धू मूसेवालाको जस्तै हुनेछ ।’

सलमानलाई यो धम्की एक साता अघि दिइएको थियो । धम्कीपछि उनको घरको बाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ भने अवस्था ठिक नभएको भन्दै फ्यानहरूलाई नभेट्‌न पनि प्रहरीले सलमानलाई सुझाव दिएको थियो ।


Author

थप समाचार
x