सिनेमा

‘बिहे पास’ ट्रेलर :  एउटा झुट लुकाउन अनेकौँ झुटको पासोमा पर्ने कथा

इकागज |
चैत ११, २०७९ शनिवार ११:२६ बजे

काठमाडौँ- प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमा सार्वजनिक ट्रेलरमा दयाहाङ राईको चरित्रले एउटा झुट लुकाउन झुट बोल्दै गएको शृंखलालाई देखाइएको छ । दयाहाङ राईको चरित्रले श्रीमती (प्रकृति श्रेष्ठ)को खुसीका लागि सरकारी जागिरमा नाम निकाल्न बोल्ने झुटले निम्त्याउने परिस्थिति वरिपरि ट्रेलर घुमेको छ । 

वैशाख १ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नविन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित यो फिल्मलाई रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् । दयाहाङ र प्रकृतिले पहिलो पटक एकसाथ काम गरेका हुन् ।


शिव ढकालको छायांकन रहेको फिल्ममा प्रवेश मल्लिकको संगीत, डिपी खनालको गीत, रामजी लामीछानेको कोरियोग्राफी, मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा तथा संवाद भने आकाश र सजनले मिलेर तयार पारेका हुन् । रोजन श्रेष्ठ निर्माता रहेको ‘बिहे पास’को सह–निर्माता ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन हुन् ।


 


Author

थप समाचार
x