सिनेमा

‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को टिकट खुल्ला, महोत्सव प्रचण्डले उद्घाटन गर्ने

इकागज |
फागुन २३, २०७९ मंगलबार १५:४ बजे

काठमाडौँ- आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को  सोमबारदेखि टिकट बुकिङ खुला गरिएको छ । महोत्सवमा गएर फिल्म हेर्न चाहानेले हलमा गएर टिकट लिन वा ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने आयोजकले जनाएको छ ।

यस पटक ‘निफ’मा देखाइने चलचित्र क्यूएफएक्स चेनका चलचित्र चारवटा सिनेमा हल मार्फत प्रदर्शन गरिने छ । क्यूएफएक्ससँगको संझौता अनुसार काठमाडौंको सिटी सेन्टर र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा प्रतिस्पर्धाी फिल्म प्रदर्शन हुनेछन् ।


यस महोत्सवमा ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रदर्शन हुने छन् भने ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’प्रदर्शन हुने छ । कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् । विगतमा झैं यस पटकपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरु प्रदर्शन हुनेछन् ।


Author

थप समाचार
x