सिनेमा

‘हेराफेरी ३’मा संजयदत्तको प्रवेश, कार्तिक आर्यन पनि अतिथि भूमिकामा

इकागज |
फागुन २३, २०७९ मगलवार १३:३७ बजे

मुम्बई-  ‘हेराफेरी’को तेस्रो सिक्वेलमा संजय दत्तको पनि अभिनय रहने भएको छ । संजय दत्तले आफैँ भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै ‘हेराफेरी ३’ गर्न लागेको जानकारी गराएका छन् । बन्ने नबन्ने चर्चाबीच यो फिल्मको सुटिङ सुरु भएको छ । अक्षयकुमार, सुनिल सेठ्ठी र परेश रावलको मुख्य भूमिका रहेको फिल्मको सेटबाट केही दिनअघि तस्बिर पनि सार्वजनिक भएको थियो । 

तर यो फिल्ममा संजय दत्त पनि रहने खबर आएका छन् । उनले ‘हेराफेरी’ एकदमै सफल फ्रेन्चाइज भएकाले यसको हिस्सा हुन पाउनु खुसीको कुरा भएको बताएका छन् । फिल्ममा संजयले रवि किशनको दाजुको भूमिका निर्वाह गर्न लागेका हुन् । 


उनले फिल्मका निर्माता फिरोज नाडियावाला पुरानो साथी भएको र अक्षय, सुनिल र परेशसँग काम गर्न उत्सुक रहेको बताएका छन् । फिल्म बन्ने चर्चा चलिरहँदा अक्षयकुमार नरहेर उनको ठाउँमा कार्तिक आर्यन रहने खबर आएका थिए ।  

तर परेश रावलले फिल्ममा अक्षय नै रहने दाबी गर्दै फिल्ममा कार्तिक आर्यनको पनि अतिथि भूमिका रहेको बताएका थिए । यो भागलाई फरहाद समजीले निर्देशन गर्दैछन् । पहिलो भाग प्रियदर्शन र दोस्रो भाग निरज बोराले निर्देशन गरेका थिए । 


Author

थप समाचार
x