सिनेमा

सुटिङका क्रममा अमिताभ बच्चन घाइते

इकागज |
फागुन २२, २०७९ सोमवार १५:५ बजे

फाइल फोटो

मुम्बई -  फिल्मी सुटिङका क्रममा बलिउड अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदरावादमा भएको सुटिङको क्रममा आफू घाइते भएको उनले आफ्नो ब्लगमार्फत जानकारी दिएका छन् । 

एक्सन सिनको सुटिङका क्रममा करङमा चोट लागेपछि उनको हैदरावादमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको र हाल मुम्बईस्थित आफ्नो घरमा आराम गरिरहेका छन् । उनी प्रभासको फिल्म ‘प्रोजेक्ट ए’ को सुटिङमा थिए ।  


आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अभिताभले मांसपेशी फुटेको, हिँड्डुल गर्न र श्वास फेर्न पनि समस्या भइरहेको बताएका छन् ।  
सुटिङ रद्द गरिएको जानकारी दिएका उनले औषधि सेवन गरिरहेको र निको हुन केही समय लाग्ने बताएका छन् । 
 


Author

थप समाचार
x