सिनेमा

नीति शाहले पूरा गरिन् ३ महिने अभिनय कोर्स

इकागज |
फागुन २१, २०७९ आइतबार १२:२७ बजे

काठमाडौँ - ‘मिस इन्टरनेसनल’ नीति शाह मोडलिङसँगै अभिनयमा पनि करिअर बनाउने योजनामा छिन् । उनले केही चलचित्र साइन पनि गरेकी छिन् । तर साइन गरेको चलचित्र बन्ने सुरसार भने छैन । तर अरुले फिल्म नखेलाए आफैँ बनाउने तयारीसहित नीति लेखकको खोजीमा रहेकी थिइन् । 

तर फिल्म निर्माणको प्रक्रिया छाडेर नीतिले अभिनेता अनुप बराल र अभिनेत्री दिया मास्केसँग तीन महिनाको अभिनय कोर्स पूरा गरेको जनाएकी छिन् । नेपाल फिल्म क्याम्पसमा रहेको एक्टर्स स्टुडियोमा तीन महिनाको कोर्स पूरा गरेको बताउँदै नीतिले तीन महिने सिकाइको अवधि जीवनकै रमाइलो समयमध्ये एक रहेको जनाएकी छिन् । 


‘मिस इन्टरनेसनल’ हुनुअघि नै मोडलिङमा सक्रिय नीतिले यही समयदेखि फिल्मको अफर पाउने गरेकी थिइन् । तर उनले फिल्ममा तत्काल रुचि नभएको भन्दै फिल्म खेल्ने प्रस्ताव लिएर जाने निर्माता निर्देशकलाई फर्काउने गरेकी थिइन् ।

तर यसको केही वर्षपछि नै मुड परिवर्तन गर्दै नीतिले अभिनय गर्ने मन बनाएकी हुन् । उनले यही बीचमा ‘एक्स ९’ शीर्षकको फिल्म खेल्ने निर्णय गरेकी थिइन् । तर यो फिल्म बन्ने नबन्ने टुंगो छैन । भर्खरै भने उनले प्रदीप खड्काको मुख्य भूमिका रहेको ‘कामिनो’ साइन गरेकी छिन् । यो फिल्म चाँडै नै फ्लोरमा जाने चर्चा छ । 


Author

थप समाचार
x