सिनेमा

‘बाहुबली २’ लाई उछिन्दै कमाइमा पहिलो बन्‍यो 'पठान'

इकागज |
फागुन २१, २०७९ आइतबार ११:२९ बजे

मुम्बई - ​शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभीनित 'पठान'ले   ‘बाहुबली २’को रेकर्ड तोडेको छ । ‘पठानले 'बाहुबली २' को हिन्दी संस्करणमा राखेको ५ सय १० करोड ९९ सय लाखको कलेक्सन तोडेको हो  ।  ‘पठान’ले रिलिजको ३८ औं दिनमा बक्सअफिसमा ७० लाख रुपैंयाँ कमाइ गर्दै ५ सय ११ कराे८ कमाइ गरेकाे बताइएको छ ।

'पठान'ले ‘बाहुबली २’ को रेकर्ड तोडेपछि यसका निर्माताले 'पठान'लाई बधाइ दिएका छन् । हिन्दीमा उछिने पनि विश्वभरबाट कमाउने मामलामा ‘बाहुबली २’ अझै १ नम्बर फिल्म रहेको छ । यो फिल्मले विश्वभरबाट २ हजार करोड हाराहारी कमाइ गरेकाे थियो । 'पठान'ले हजार करोडमा चलिरहेको छ । 'पठान' चीन जापान देशमा रिलिज हुन बाँकी छ र यी देशबाट पनि कमाइ गर्ने हो भने यो फिल्म 'द‌ंगल'को हाराहारी पुग्‍नेछ । 


 


Author

थप समाचार
x