सिनेमा

सीतापाइलामा नयाँ हल सञ्चालनमा

इकागज |
फागुन १९, २०७९ शुक्रबार १४:८ बजे

काठमाडौँ - शुक्रबारबाट सितापाइलास्थित अनुपम मलमा सिके सिनेमाज् सञ्चालनमा आएको छ । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सिना, किशोर खतिवडा र विवेक तिमिल्सिनाको लगानी रहेको छ । सिके सिनेमाज्को उद्धघाटन कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, काठमाडौं क्षेत्र नम्बर ८ का संघीय सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारी उपस्थित थिए ।

प्रमुख अतिथिको रुपमा बोर्ड अध्यक्ष केसीले रिबन काटेर हलको शुभारम्भ गरिएको थियो । हल शुभारम्भ कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष केसीले सिनेमा हल कलाकार र दर्शकको लागि मन्दिर भएको बताए । सिनेमा हल कलाकारका लागि नभई सिनेमा प्रेमीको लागि खुसीको कुरा भएकाले सहरमा मात्रै होइन् गाउँ गाउँमा सिनेमा हल खोल्नु पर्छ ।


साथै प्रमुख अतिथि केसीले सिके सिनेमाज् सञ्चालमा आउँदा सवै उत्साहित भएको उल्लेख गरे । यस्तै काठमाडौं क्षेत्र नम्बर ८ का सांसद विराजभक्त श्रेष्ठले नागार्जुन क्षेत्रमा हल सञ्चालन गरेको सम्पूर्ण जनताको तर्फबाट सञ्चालकलाई धन्यवाद ज्ञापनसहित बधाई दिए ।

आजको समाज सभ्य हुनुपर्ने र सभ्य समाजले आफ्नो सम्पत्तिको सुरक्षा गुर्नु पर्छ । त्यसले सिनेमा हल सवैको साझा सम्पत्ति भएकाले शान्ति सुरक्षा कायम राख्दै हलको सरक्षा गर्नु पर्ने बताए ।

अत्याधुनि सुविधासहित सञ्चालनमा आएको सिनेमा हलमा ३ सय ९१ सिट क्षमता रहेको छ । करिब १२ करोड लगानीमा निर्माण भएको सिनेमा ७१ र डल्बी एटमोस साउण्ड सिस्टम जडान गरिएको सञ्चालकक नरेन्द्र महर्जजले बताए । बिहीबार हलसञ्चालनको उपलक्ष्यमा सिनेमामा बलिउड सिनेमा पठान र नेपाली सिनेमा फूलबारी देखाइएको थियो । दुई पर्दा रहेको सिके सिनेमाज्मा शुक्रबारबाट नेपाली सिनेमा छड्के २ र छक्का पञ्जा ४ रिलिज भएका छन् ।


Author

थप समाचार
x