सिनेमा

बलिउड अभिनेत्री दीपिका पनि अस्कर अवार्डको उद्घोषक

इकागज |
फागुन १९, २०७९ शुक्रबार १३:१ बजे

लसएन्जल्स -  बलिउड अभिनेत्री दीपिका पादुकोनले अर्को हप्ता हुने अस्कर अवार्डका केही विधाको उद्घोषण गर्ने भएकी छिन् । दीपिकाले बिहीबार इन्स्टामा आफूसँगै अस्करमा उद्घोषणा गर्ने उद्घोषकको नाम राख्दै आफूले अस्कर अवार्डमा उद्घोषण गर्न लागेको जानकारी गराएकी हुन् । उनले सार्वजनिक गरेको सूचीमा ड्वाइन जोन्सन, एमली ब्लन्ट, माइकल बी जोर्डन, जेनिफर कोनेली आदि कलाकार छन् । 

अस्करको ९५ औँ संस्करण मार्च १२ मा हुँदैछ । यो साल भारतका लागि अस्कर ऐतिहासिक मानिएको छ । यो संस्करणमा ‘आरआरआर’ ‘नाटु नाटु’गीतका लागि मौलिक गीतको विधामा मनोनयनमा परेको छ भने सौनक सेनको ‘अल द्याट ब्रिदस्’ डकुमेन्ट्रीतिरको फिचर विधामा मनोनयनमा परेको छ भने गुनित मोङगाको ‘एलिफेन्ट ह्विस्पर्स’ यही विधाको लघु फिल्मतर्फ मनोनयनमा छ । दीपिका अभीनित ‘पठान’ले भारतमा नयाँ रेकर्ड कायम गरिरहेको छ । अहिले दीपिका ऋतिक रोशनसँग ‘फाइटर’को सुटिङ गरिरहेकी छिन् । 



Author

थप समाचार
x