सिनेमा

‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ आजबाट प्रदर्शनमा

दिपकराज र अनमोलले दिए एक अर्कालाई शुभकामना

इकागज |
फागुन १९, २०७९ शुक्रबार ८:२९ बजे

काठमाडौं - दुई नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ आजबाट प्रदर्शनमा आएका छन् । दुवै चलचित्रका मुख्य कलाकारले एकअर्कालाई बधाई तथा शुभकामना दिएका छन् । ‘छक्का पञ्जा–४’का मुख्य कलाकार दीपकराज गिरीले ‘छड्के–२’लाई र ‘छड्के–२’का मुख्य कलाकार अनमोल केसीले ‘छक्का पञ्जा–४’लाई शुभकामना दिएका हुन् । 

अनमोल र दीपकराज दुवैले चलचित्र प्रदर्शनको अघिल्लो दिन बिहीबार दुवै चलचित्रका पोस्टर सेयर गर्दै एकअर्कालाई शुभकामना दिएका हुन् । 


अनमोलले छक्कापञ्जा टिमका लागि सामाजिक सञ्जालमा लेखेका छन्,‘सानैदेखि मेरो यो मान्यता छ कि नेपाली फिल्मी क्षेत्र भनेको हामी नेपालीको एउटा शान र पहिचान हो । यसलाई संरक्षण गर्ने हामी सबैको दायित्व हो । साथै भोलिदेखि तपाईहरू समक्ष प्रर्दशनमा आइरहेका दुई चलचित्रहरू छड्के २ र आदरणीय दाइ दिदीहरूको छक्कापन्जा ४ लाई म मेन्डग र हाम्रो टिम छड्के २ को तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु। हजुरहरूको साथ र आशिर्वाद नै हाम्रो लागि काम गर्ने प्रेरणा र ऊर्जाको श्रोत हो । 
जय छड्के !
जय छक्का पन्जा !
जय नेपाल ।

त्यस्तै, दीपकराज दुई फिल्मको भिडन्तको विषयलाई लिएर सामाजिक सञ्जालमा लेखेका छन्, 'अब हाम्रो हातमा केही छैन हजूरहरूकै हातमा छ । भोलि (आज) देखि छड्के र छक्कापन्जा ४ प्रदर्शन हुँदैछ । धेरैले किन जुधेको भनेर पनि सोधे, यो सॉढे होइन जुध्नलाई, यो फुटबल खेल पनि होइन एउटा टिम हार्ने र अर्को जित्ने, यहाँ दुवै टिमले जित्न सक्छ, प्यारो अनमोल भतिजलगायत सम्पूर्ण छड्के टिमलाई शुभकामना
जय नेपाली चलचित्र !!'

 


Author

थप समाचार
x