सिनेमा

‘नाइँ नभन्नू ल ६’को एक्सनप्याक टिजर, इमोसनमा एक्सनको जलप

इकागज |
फागुन १८, २०७९ बिहीबार १७:१० बजे

काठमाडौँ - पारिवारिक कथाले दर्शकको मन छुँदै आएको ‘नाइँ नभन्नू ल ६’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले यो पटक इमोसनसँगै फिल्ममा एक्सनको पनि मात्रा रहेको संकेत दिएको छ ।

विकासराज आचार्य निर्देशित सिनेमाबाट यो पटक मुख्य अभिनेताको रुपमा आशिर्वाद क्षेत्रीले डेब्यू गर्दैछन् । टिजरमा उनलाई छरितो एक्सन गरिरहेको देख्न सकिन्छ । फिल्ममा उनले आँचल शर्मासँग सुहाउँदो रोमान्स पनि गरेका छन् । 


‘नाइँ नभन्नू ल’ कै चौथो शृंखलाबाट डेब्यू गरेकी उनले छैटौँ शृंखलामा आफूलाई दोहोर्याएकी हुन् । फिल्मबाट केही बाल कलाकारले पनि डेब्यू गरेका छन् ।  
वैशाख १ गते सार्वजनिक हुन लागेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने फिल्मका निर्माता विष्णुमणि दाहाल हुन् । फिल्मको कार्यकारी निर्माताको रुपमा सञ्जय न्यौपाने र रमेश चौधरी रहेका छन् । 

काठमाडौँ र झापामा खिचिएको फिल्ममा हिमाल केसीको द्वन्द्व र सन्देश शाहको सम्पादन रहेको छ । फिल्ममा आशिर्वाद र आँचलसँग प्रियंका कार्की, अनुभव रेग्मी केकी अधिकारीको पनि  भूमिका रहेको छ । टिजरमा अनुभवले भने ठाउँ पाएका छैनन् । 

 


Author

थप समाचार
x