सिनेमा

रणवीर र आलियाले अवार्ड जितेपछि आगो भइन् कंगना

इकागज |
फागुन ९, २०७९ मंगलबार ११:५६ बजे

मुम्बई -  कंगना रनावतलाई ट्वीटरले प्रतिबन्धबाट फुकुवा गरेसँगै उनी पुरानै अवतारमा फर्किएकी छिन् । पुरानै अवतार मतलब समकक्षीलाई देखिनसहने । अझ यसमा पनि करन जौहर उनका फिल्म खेलेका मान्छे परे भने त पुगिहाल्यो । बलिउडका ठूला स्टारमध्ये सलमान खानबाहेक उनले बाँकी कसैलाई देखिसहन्नन् । 

सोमबार मुम्बईमा दादासाहेब फाल्के अवार्ड वितरण गरियो । अवार्डमा ‘ब्रम्हास्त्र’बाट रणवीर कपुर र ‘गंगुबाई कठैयावाडी’बाट आलिया भट्ट उत्कृष्ट अभिनेता र अभिनेत्री दरिए । यो देखेपछि कंगनाले आफूलाई रोक्न सकिनन् । उनले विजेताको आफ्नै लिस्टसहित रनवीर–आलियाको खोइरो खन्न सुरु गरिहालिन् । 


उनले अवार्ड सिजन सुरु भएको र यसका लागि ‘नेपो माफिया’ सक्रिय भएको भन्दै लेखेकी छिन्, –अवार्डको मौसम सुरु भयो र योसँगै नेपो माफिया पनि । उनीहरूले योग्यहरूको अवार्ड थुतेर आफूलाई दिने गरेका छन् । अघिल्लो साल अभिनयबाट आगो ओकल्ने नाम यी हुन् ।
योसँगै उनले अभिनयतर्फ विजेता बन्नुपर्ने नाम सुझाएकी छिन् । 
उत्कृष्ट अभिनेता– रिसब सेठ्ठी (कान्तारा)
उत्कृष्ट अभिनेत्री– मृनाल ठाकुर (सीतारामम्)
उत्कृष्ट निर्देशक– एसएस राजामौली(आरआरआर)
सह अभिनेता– अनुपम खेर (काश्मिर फाइल्स)
सह अभिनेत्री– तब्बु – (भूलभूलैया÷दृश्यम् २)

कंगनाले जे भने पनि कतिले भने रणवीर र आलियो जितलाई नराम्रो मानेका छैनन् । रणवीरले ‘ब्रम्हास्त्र’ मा राम्रो काम गरेको र गंगुबाई कठैयावाडी’ मा आलियाले दमदार अभिनय गरेको धेरैकाे टिप्पणी छ ।


Author

थप समाचार
x