सिनेमा

हरेक दिन दुई घन्टा लाग्थ्यो अनमोललाई जिउमा टाटु बनाउन

इकागज |
माघ २६, २०७९ बिहीबार १३:५४ बजे

काठमाडौँ - ‘छड्के २’को टिजर सार्वजनिक भएसँगै फेरि एक पटक अनमोल केसीको लुक्सको चर्चा सुरु भएको छ । ‘छड्के २’ टिजरमा अनमोल शरीरभरि टाटु खोपेको ग्याङस्टर लुक्समा छन् । फिल्ममा उनको लुकलाई लिएर ट्रोल पनि बन्ने क्रम जारी छ । तर टिजरले पाएको भ्युजले यि सबै कुराले फाइदा नै भएको देखाउँछ । भएन अनमोलले बिहीबार मात्र टिजरलाई गरिएका टिप्पणीको लहरो नै सार्वजनिक गरेका छन् ।

चर्चामा रहेको अनमोलको लुक्स तयार गर्न उनको मेकअप टिमले हरेक दिन दुई घन्टा खर्चने गरेको अनमोलले बताएका छन् । सेटमा अरु मानिस नउठ्दै मेकअपमेन र आफू तयार हुने र सुटिङ हुने समयमा तयार भइसक्ने दैनिकी रहेको अनमोलले बताएका छन् ।‘लुक्सका लागि टाटु बनाउने सुरुमा त ठीकै लागेको थियो तर सेटमा हरेक दिन बनाउन भने झन्झट नै हुँदो रहेछ,’ अनमोलले भने, ‘ फिल्ममा देखिने टाटु बनाउन हामीलाई दुई घन्टा लाग्थ्यो ।’गैरकानुनी कार्यमा संलग्न दुई समूहको उतारचढावको कथा प्रस्तुत गर्ने फिल्ममा अनमोलले एउटा ग्याङको नेतृत्व गरेका छन् । उनले फिल्मको पटकथा राम्रो लागेको यो फिल्म चयन गरेको पनि जानकारी गराएका छन् । 
 



Author

थप समाचार
x