सिनेमा

साहित्यकारले हेर ‘निरमाया’

इकागज |
माघ २३, २०७९ सोमबार १०:३० बजे

काठमाडौं- नेपाल स्रष्टा समाजले चलचित्र विकास वोर्डको हलमा नयाँ नेपाली फिल्म ‘निरमाया’ को विशेष प्रदर्शन गरेको छ । साहित्यकारहरूका लागि प्रदर्शन गरिएको उक्त फिल्ममा जातीय विभेद, कुप्रथा र छुवाछुतको विषय समेटिएको छ । समान र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उचनिचको फरक हटाउनु पर्ने जस्ता विषय फिल्ममा प्रस्तुत गरिएको छ ।

कला र सीपको राम्रो संयोजन रहेको ‘निरमाया’मा महिला र पुरुष दुई जातिमात्र रहेको र सबैको रगत रातो हुने सन्देश दिइएको छ । ​फिल्मत्रको कथा मन छुने, मार्मिक तथा सन्देशमुलक रहेको साहित्यकारहरुको प्रतिक्रिया छ ।


फिल्म हेरेपछि साहित्यकारहरु तुलसी दिवस, नगेन्द्रराज शर्मा, राधेश्याम लेकाली, राजेन्द्र शलभ, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, डा. दामोदर पुडासैनी, मधु पाठकलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । अनन्तप्रसाद तिमल्सिना प्रस्तुतकर्ता रहेको फिल्ममा रमेश कोइरालाको निर्देशन छ । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मका निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् ।

यो फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे,जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारि, अनिता केसी, गोपाल ढकाल, रामबाबु रेग्मी आदि कलाकारको मुख्य भूमिका रहेको छ । फिल्ममा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ ।

रवि कोइराला र जीवन पराजुलीले छायाँकन गरेको यो फिल्मको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द, कमल अधिकारी, रिमेश कुमारको संगीत रहेको छ । विनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको यो फिल्मको छायाँकन सिन्धुली,काभ्रे र रामेछापमा गरिएको हो ।


Author

थप समाचार
x