सिनेमा

राष्ट्रपतिले हेरिन् महको ‘महापुरुष’

इकागज |
माघ २२, २०७९ आइतवार १३:४२ बजे

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले मह जोडी अभीनित ‘महापुरुष’ हेरेकी छिन् । फिल्मले सामाजिक सञ्जालमा राष्ट्रपतिसँगको फोटो राख्दै फिल्म हेरेको जानकारी गराएको हो । 

राष्ट्रपतिले फिल्म हेर्ने कार्यक्रम मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसँगै कलाकारहरू गौरी मल्ल, अञ्जना बराइली र प्राविधिक टिमका सदस्यको उपस्थिति रहेको थियो ।


एकल पुरुषको पुनर्विवाहको कथामा निर्माण गरिएको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई यो वर्षको सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्मको रुपमा लिइएको छ । ‘महापुरुष’अघि ‘कबड्डी ४’ र ‘प्रेमगीत ३’ले बक्स अफिसमा राम्रो पैसा कमाएका थिए ।


Author

थप समाचार
x