सिनेमा

गौरव र नम्रताको 'नम्बरी सुन'को सुटिङ सुरु

इकागज |
माघ २०, २०७९ शुक्रवार ११:४ बजे

 काठमाडौँ- राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा 'नम्बरी सुन'को श्रीकाली चौरस्थित मन्दिरमा पूजा गर्दै छायांकन थालिएको छ । शुक्रबार सिनेमाको गीतबाट सुटिङ सुरु गरिएको निर्माण टिमले जानकारी दिएको हो । 

नारायण खातीको कथा तथा प्रस्तुतिमा निर्माण हुने सिनेमामा गौरव पहारी, नम्रता सापककोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली , सविन बास्तोला, विनोद न्यौपाने,गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत,  माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा आशा भारती र अनिता गिरी लगायतका कलाकारको अभिनय रहनेछ । 


सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने सिनेमामा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहनेछ । शिभम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् । 

'नम्बरी सुन'मा अर्जुन पोखरेल र  सन्तोष श्रेष्ठको संगीत,रामजी लामिछाने नृत्य निर्देशन रहने छ ।  दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन रहने फिल्मको मुख्य  सहायक निर्देशन जीवन गौतम रहेका छ्न् ।    सिनेमा लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिनेछ ।


Author

थप समाचार
x