सिनेमा

‘महापुरुष’ले बहिष्कार गर्‍यो चलचित्र विकास बोर्डको दुबईमा हुने नेपाल फिल्म फेस्टा , फेस्टिभलमा सहभागी नगराउन आग्रह

इकागज |
माघ १६, २०७९ सोमबार ११:४२ बजे

काठमाडौँ - प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महापुरुष’ले चलचित्र विकास बोर्डले दुबईमा आयोजना गर्न लागेको फिल्म फेस्टिभल बहिष्कारको घोषणा गरेको छ । फिल्मले सामाजिक सञ्जालमा विकास बोर्डले गर्न लागेको फेस्टिभलमाथि प्रश्न उठाउँदै जानकारीविना आफ्नो फिल्म समावेश गरेको र फेस्टिभलमा सहभागी नजनाउने बताएको हो । 
फिल्म निर्माण कम्पनी षट्कोण आर्टले आफ्नो फेसबुकमा लेखेको छ – चलचित्र विकास बोर्ड ले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेशन सँग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्व सामु पुर्याउने नाराका साथ दुबईमा गर्न लागेको गर्न लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा हाम्रो फिल्म ‘महापुरुष’ हामीसँग अनुमति नलिकन उक्त कार्यक्रममा समावेश गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ । हाम्रो नेपाली चलचित्र लाई विश्व बजारमा पुर्याउने विकास बोर्डको चाहना स्वागत छ तर यी र यस्ता नेपालीहरु माझ हुने घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी सहयोग विश्व बजारमा लैजान्छ होला ? यता खर्च गर्ने ३० लाख पैसाले बरु त्यै मिडल इस्टमा व्यवसायिक प्रदर्शन हुने नेपाली फिल्महरुको सेन्सरमा ट्रान्सलेसनमा सहयोग गरे केही राहत होला । साथै विवादमा आएको कम्पनीसँग सहकार्य गर्न बोर्डलाई के कुराले बाध्य बनायो होला ? यी र यस्तै प्रश्न र सुझाव सहित हाम्रो फिल्म उक्त कार्यक्रममा सहभागी नगराउनु हुन अनुरोध गर्दछौ ।’ 

चलचित्र विकास बोर्डले विवादास्पद कम्पनी सूर्य कर्पोरेसनलाई इभेन्टको जिम्मा दिँदै दुबईमा फेस्टिभल गर्ने तयारी गरिरहेको छ । १२ फेब्रुअरीदेखि सुरु हुने फिल्म फेस्टिभलमा ‘कबड्डी कबड्डी४’, ‘ऐना झ्यालको पुतली’, ‘महापुरुष’आदि फिल्म पनि देखाउने कार्यतालिका रहेको छ । 



Author

थप समाचार
x