सिनेमा

अनमोलको लुकबाहेक ‘छड्के २’ टिजरमा के छ ?

इकागज |
माघ १३, २०७९ शुक्रबार १४:३९ बजे

काठमाडौँ - अनमोल केसीको ग्याङस्टर अवतार प्रस्तुत गर्ने ‘छड्के २’को टिजर सार्वजनिक भएको छ । पौने दुई मिनेट लामो टिजरले मनाङको स्याउदेखि यार्सागुम्बाको व्यापारमाथि हक जमाउन खोज्ने साना ठूला ग्याङको भिडन्तको झलक दिएको छ । 

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्मले कलाकारको लुकमा मेहनत गरेको देखिन्छ । ट्याटुले छोपेको शरीरमा अनमोल फेरि एक पटक आकर्षक देखिएका छन् तर आकर्षणलाई म्याच गर्ने दृश्य र संवाद भने टिजरमा कमी भएको महसुस गर्न सकिन्छ । यद्यपि टिजरका अधिकांश दृश्यमा अनमोल छाएका छन् । 


फिल्ममा अनमोलबाहेक रबिन तामाङ, रेशा आले मगर, कमलमणि नेपाल, सिर्जना सुब्बा आदि कलाकारको अभिनय रहेको छ । फागुन १९ मा प्रदर्शन हुन लागेको फिल्म ‘छक्का पञ्जा ४’सँगै भिड्दैछ । चकलेटी भूमिकामा देखिँदै आएका अनमोलले पहिलो पल्ट ‘ग्याङस्टर’ फिल्ममा आफूलाई प्रस्तुत गर्न लागेका हुन् ।

 


Author

थप समाचार
x