सिनेमा

'गुलाबी' मा नाजिरको ट्रान्सवुमन लुक

इकागज |
माघ १२, २०७९ बिहीबार १०:५१ बजे

काठमाडौँ- अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र 'गुलाबी'को पहिलो पोस्टर सार्वजनिक भएको छ ।  समुन्द्र भट्टको निर्देशनमा तयार सिनेमामा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको भूमिकामा देखिएका छन । सार्वजनिक पोष्टरमा नाजिरलाई गाजल टिकी र नथियासहित गम्भीर लुकमा देख्न सकिन्छ । नेपालमा पहिलो पटक पूर्ण रुपमा ट्रान्स स्टोरीमा निर्मित यस सिनेमाका लागि नाजिरले १६ केजी तौल समेत घटाएका छन् ।  

निकट भविस्यमै रिलिज हुने सिनेमामा नाजिर गुलावी पात्रको मुख्य भूमिकामा देखिनेछन भने अभिनेत्री संचिता लुइँटेलका साथमा  सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकार पनि यस सिनेमा देख्न सकिन्छ । 

द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित गुलावीलाई आलोक शुक्लाले छायांकन गरेका हुन भने  संगीत भने लेखु सहयात्री र सान भुषालले भरेका छन ।



Author

थप समाचार
x