सिनेमा

चन्द्रशेखरसँग सम्बन्ध नभएको दाबी गरेकी नोराले घर र गाडी लिएको खुलासा

इकागज |
माघ १०, २०७९ मंगलबार १२:५५ बजे

मुम्बई - चन्द्रशेखरबाट उपहार लिएको विषयमा अनुसन्धानको घेरामा रहेकी नोराले उनबाट घर किन्ने पैसा र बीएमढडब्लू कार उपहार लिएको बयान चुहिएको छ । चन्द्रशेखरले प्रहरीसँगको बयानमा नोराले घर किन्न पैसा मागेको र उनले आफूले दिएको पैसाबाट मोरक्कोमा परिवारका लागि घर किनेको बताएका छन् । 

टाइम्स अफ इन्डियाले छापेको समाचारअनुसार नोराले आफूलाई घर किनिदिने प्रलोभन दिएको तर आफूले पैसा नलिएको बयान दिएकी थिइन् । यही बयानका आधारमा इडीले ९ महिनाअघि उनलाई उन्मुक्ति दिएको थियो ।


चन्द्रशेखरले अनुसन्धानबाट मुक्त भएसँगै उनले झुटा कथा बनाउन थालेको आरोप लगाएका छन् । ‘उनले लामो समयदेखि मसँग कार मागिरहेकी थिइन् । मैले रेन्ज रोभर किनिदिन पनि खोजेको थिएँ तर किन्ने ठाउँमा स्टक नरहेकाले बीएमडब्लू सिरिज उपहार दिएको हुँ । तर उनी भारतीय नरहेकाले उनले साथीको नाममा पास गरेर चलाएकी हुन्,’ चन्द्रशेखरको बयानलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ । 

नोराले केही समयअघि मात्र ज्याकलिन फर्नान्डिजमाथि मानहानीको मुद्दा दर्ता गरेकी थिइन् । आफू संलग्न नभएको कुरामा आफ्नो नाम लिएको भन्दै नोराले ज्याकलिनमाथि मुद्दा दर्ता गरेकी हुन् । ज्याकलिनमाथि पनि चन्द्रशेखरले गलत तरिकाले कमाएको पैसा प्रयोग गरेको आरोप छ । अझ ज्याकलिनलाई त मुम्बई प्रहरीले विनाअनुमति देश छाड्न पनि निषेध गरेको छ ।  


Author

थप समाचार
x