सिनेमा

खराब फिल्मलाई दिने राज्जी अवार्डमा ‘ब्लोन्ड’को वर्चस्व, टम ह्याङ्क्स पनि मनोनयनमा

इकागज |
माघ ९, २०७९ सोमवार १६:३४ बजे

लसएन्जल्स- अस्कर अवार्डको मनोनयनको पूर्व सन्ध्यामा वर्षका झुर फिल्मलाई दिने राज्जी अवार्डले पनि मनोनयन सार्वजनिक गरेको छ । ४३ औँ संस्करणको यो अवार्ड अस्कर वितरण हुने साँझमा घोषणा गरिन्छ ।

यो पटक खराब फिल्मको सूचीमा ऐना डे आरमस अभीनित ‘ब्लोन्ड’ले सर्वाधिक मनोनयन पाएको छ । ८ विधामा मनोनयन पाएको यो फिल्मले मर्लिन मुनरोको जीवनलाई झन् खत्तम देखाउनेबाहेक अरु काम नगरेको भन्दै राज्जी अवार्डका जुरीले यसलाई धेरै विधामा मनोनित गरेका छन् । यो फिल्म वर्षको खराब फिल्म, खराब निर्देशक, पटकथा, खराब रिमेक र खराब जोडी आदि गरी ८ विधामा मनोनयनमा परेकाो छ  । ‘ब्लोन्ड’पछि मेसिन गन केल्लीको कमेडी ‘गुड मर्निङ’ ७ विधामा मनोनयनमा परेको छ । 


यो सालको राज्जी अवार्डले टम ह्याङ्क्सलाई पनि छाडेको छैन । उनी दुई दुई विधामा खराब अभिनेताको मनोनयनमा अटाएका छन् । टम ह्याङ्क्स अभीनित ‘पिनोचे’ ६ विधामा मनोनयनमा परेको छ भने यही फिल्मबाट टम खराब अभिनेताको मनोयनमा परेका छन् । टम ‘एल्भिस’बाट सहायक अभिनेता विधातर्फ खराब अभिनेतामा मनोनित छन् । राज्जीले नौ विधामा मनोनयन सार्वजनिक गरेको हो । 


Author

थप समाचार
x