सिनेमा

बायकट ट्रेन्डमा करिना कपुर : फिल्म नभए मनोरञ्जन कसरी हुन्छ ?

इकागज |
माघ ९, २०७९ सोमबार १३:७ बजे

मुम्बई- बलिउडमा चलिरहेको बायकट ट्रेन्डलाई लिएर अभिनेत्री करिना कपुरले पनि मुख खोलेकी छिन् । उनले बायकट र केन्सिल कल्चर दुवै गलत रहेको बताउँदै यसले मनोरञ्जनको दर्शकको चाहानालाई रोक्ने आसय व्यक्त गरेकी छिन् ।

‘म बायकट ट्रेन्डसँग सहमत छैन । यसरी हरेक फिल्म नहेर भन्ने हो भने मनोरञ्जन कसरी गर्ने ? तपाईँको जीवनमा हाँसो खुसी कसरी आउँछ ? यदि फिल्म नहुने हो भने मनोरञ्जन कसरी हुन्छ,’उनले कलकतामा एउटा कार्यक्रममा सहभागिता जनाउँदै भनेकी थिइन् ।


अहिले बलिउडमा शाहरुख खानको दुई दिनपछि रिलिज हुने फिल्म ‘पठान’लाई बायकट गर्नुपर्ने ट्रेन्ड चलिरहेको छ । योभन्दा पहिला पनि ठूला स्टारका फिल्म रिलिजको समयमा यस्तै ट्रेन्ड चल्ने गरेको थियो । आमिर खान र करिना कपुरको ‘लालसिंह चढ्ढा’ पनि यसको सिकार भएको थियो ।

उसबेला करिनाले नेपोटिजमको टिप्पणीमाथि असन्तुष्टि जनाउँदै स्टार कलाकारका बच्चा खेलेका फिल्म हेर्न मन नभए नहेरे हुन्छ भन्दै टर्रो जवाफ दिएकी थिइन् । ट्रोलरले उनको यो भिडियोलाई सेयर गर्दै ‘पहिले नहेर भन्नेले अहिले गलत हो किन भन्ने’ भन्दै करिनालाई प्रश्न सोधेका छन् ।


Author

थप समाचार
x