सिनेमा

छक्का पञ्जा ४ जापानभर प्रदर्शन हुँदै

इकागज |
माघ ६, २०७९ शुक्रवार ८:४५ बजे

टोकियो, जापान - चलचित्र छक्का पञ्जा ४ जापानका प्रमुख शहरहरूमा प्रदर्शन हुने भएको छ । चलचित्रको पहिलो शो राजधानी टोकियोमा मार्च १२ तारिख आइतबार मेगुरो पर्सिमोन हल हुनेभएको छ ।

चलचित्र आमा सरस्वती मुभिज प्रालिको प्रस्तुतीमा दिपक दिपाले निर्माण गरेका हुन् । हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दीपक, दीपासँगै केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, आचार्य लगायतको अभिनय रहेको छ ।


चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् । ३ सिक्वलसम्म दिपाश्री निरौलाको निर्देशनमा बनेको फिल्मसिक्वल ४ मा भने हेमराज बिसीको निर्देशनमा बनेको हो ।

छक्का पञ्जाको यसअघिका तीन सिरिजमा अत्यधिक सफलता र चलचित्रको व्यापारले नेपाली चलचित्र उद्योगमा किर्तिमान बनाएको छ।हाल चलचित्रको छायांकन पश्चात पोष्टप्रोडक्सनमै रहेको चलचित्रलेनेपालमा फागुन १९ गते नेपालमा प्रदर्शन मिति तय गरेको छ ।

जापानका नेपाली चलचित्रलाई माया गर्ने दर्शक पछिल्लो समय बढेको टोकियो सहितका विभिन्न शहरमा प्रदर्शन तय भइसकेको जापानका लागि चलचित्र वितरणको अधिकार पाएको आन्भी ईन्टरटेनमेन्टका पवन क्षेत्रीले बताए  ।

 


Author

थप समाचार
x