सिनेमा

आजबाट प्रदर्शन थालेको 'सरी मम'को अफर : २ टिकट किन्दा एउटा सित्तैमा

इकागज |
माघ ५, २०७९ बिहीबार १२:२६ बजे

काठमाडौँ- लागुऔषध दुर्व्यसनी विरुद्धको कथामा तयार भएको फिल्म 'सरी मम' यहि माघ ५ गतेबाट उपत्यकाभित्र प्रदर्शनमा आउँदैछ । रिलिजको पूर्वसन्ध्यामा निर्माण टिमले फिल्म हेर्ने दर्शक लक्षित गरेर विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।

निर्माण कम्पनि एनएफआई क्रियशनले आमा र छोराको प्रेमलाई बोलेको फिल्मसँग सम्वन्धित हुनेगरि टिकटक बनाउँदा दर्शकलाई ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । आमासँगको तश्विर अथवा भिडियो टिकटकमा सेयर गरेर #sorrymom र #nficreation ह्यासट्यागसहित टिकटक बनाउँदा धेरै लाइक पाउनेलाई २५ हजार र क्रियटिभ टिकटकलाई २५ हजार पुरस्कार दिने घोषणा निर्माण टिमले गरेको छ । निर्माता विनोद लामाले यो अफर माघ महिनाभरलाई ल्याइएको बताए ।

यस्तै यहि बिहीबारबाट प्रदर्शनमा आउने फिल्मको २ टिकट किन्दा दर्शकले एक टिकट सित्तैमा पाउने पनि निर्माण टिमले बताएको छ । फिल्म प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा यो योजना ल्याइएको निर्देशन नविन बोगटी बताउँछन् । उता बसुन्धरामा रहेको चिरायू अस्पतालले फिल्म हेरिसकेर टिकटको कपी लिएर अस्पताल पुग्ने दर्शकलाई सबै स्वास्थ्य परिक्षणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । निर्माण टिम र अस्पतालबीच यस्तो सम्झौता भएको हो ।

 किशोरावस्था उमेरलक्षित फिल्मले कुलतविरुद्धको सन्देश बोल्छ । पहिलो चरणमा उपत्यका अन्तर्गतका हलमा मात्रै फिल्म लाग्ने र त्यसपछि प्रदेश लक्षित गरेर सातै प्रदेशमा फिल्मलाई पुर्याउने निर्माता लामाले बताए । 'हाम्रो फिल्म सामाजिक सन्देशमुलक फिल्म हो, बालबच्चा र किशोर भएका हरेक परिवारका सदस्यले यो फिल्म हेर्नैपर्ने अभियान लिएर देशव्यापी सन्देश पुर्याउने उद्देश्य छ, लामाले भने ।

किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको फिल्मको प्रदर्शनी तथा च्यारेटीलाई सरकारी स्तरबाट प्रदेश सरकार, नगरपालिका , गाउँपालिका , नेपाल प्रहरीसँगै नेपाल जेसिज, नार्कोनान नेपाल शिक्षा क्षेत्रमा कृयाशिल संस्थाहरू प्याब्सन , एन-प्याब्स , हिसान , शिक्षक महासंघ लगायतले सहकार्य गरिसकेका छन् । उल्लेखित संस्थाहरूको बलमा निर्माण टिमले जतिसक्दो धेरै लक्षित वर्गमा फिल्म देखाउने उद्देश्य लिएको छ ।

नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । यो फिल्ममा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।



Author

थप समाचार
x