सिनेमा

लन्डनमा नेपाली फिल्म फेस्टिभल

इकागज |
माघ ५, २०७९ बिहीबार १२:२० बजे

काठमाडौँ- विश्व बजारमा नेपाली फिल्मको प्रवर्द्दन गर्ने उद्धेश्यका साथ बेलायतको राजधानी लन्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना हुने भएको छ । थर्ड आईले आयोजना गर्न लागेको फेस्टिभल ८ दिनसम्म चल्नेछ ।

फेस्टिभलमा एक दर्जन हाराहारी नेपाली फिल्म देखाइनेछ । हलमा रिलिज भएका तर युट्युबमा नआइसकेका फिल्महरुलाई छनोट गरी फेस्टिभलमा देखाइने थर्ड आईका निर्देशक विकास देवकोटाले बताए ।


विकासका अनुसार ‘जीवन काँडा कि फूल’, ‘प्रकास’, ‘झिंगेदाउ’, ‘प्रेम गीत ३’ लगायत फिल्म फेस्टिभलका लागि छनोट भइसकेका छन् ।‘नेपालीमा के–कस्ता फिल्म बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन जरुरी छ । त्यसैले नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म छनोट गरेका छौँ’, विकासले भने ।

फेस्टिभलका लागि नेपालबाट एक दर्जन भन्दा बढी कलाकार लन्डन पुग्नेछन् । जसमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, दिनेश डिसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रीमा विश्वकर्मालगायत रहेका छन् । ​फेस्टिभल आगामी १८ फेब्रअरीदेखि २५ फेब्रुअरीसम्म चल्नेछ ।


Author

थप समाचार
x