सिनेमा

‘जेरी २’ मा आना शर्मा पनि, अनमोलले गर्नेछन् दुई हिरोइनसँग रोमान्स

इकागज |
माघ ३, २०७९ मंगलबार ११:२ बजे

काठमाडौँ - ‘जेरी’ मा जोडी बनेका अनमोल केसी र आना शर्मा फेरि एक पटक पर्दामा सँगै देखिने भएका छन् । ‘जेरी’पछि निर्माताहरूको अथक प्रयासका बावजुद अरु फिल्ममा सँगै आउन नमानेका उनीहरू ‘जेरी’ निर्देशककै पहलमा दोहोरिन तयार भएका हुन् । 

‘जेरी’ पछि अनमोल र आनालाई सँगै देखिन उनीहरूको सम्बन्ध पनि बाधक बनेको थियो । ‘जेरी’ गर्दासम्म प्रेमी प्रेमिकाको सम्बन्धमा रहेका उनीहरू अनमोल अर्को फिल्मको सुटिङमा लागेसँगै छुटेको थियो । अनमोल ‘ड्रिम्स’ सुटिङमा व्यस्त भइरहँदा आना र उनको ब्रेकअप भएको थियो । त्यसयता अनमोलको नाम सारा सिरपाइली र आज्ञा कारन्जितसँग जोडिएको थियो भने आना पनि सोनम शेर्पासँग अफेयरमा रहेकी थिइन् । आजभोलि आना गायक सुशान्त केसीसँग देखिँदै आएकी छिन् । 


फागुनको अन्त्यदेखि सुटिङमा जाने फिल्मको हाल धमाधम कार्यशाला भइरहेको छ । हेमराज बीसीले निर्देशन गर्ने यो फिल्मको स्क्रिप्ट बीटी कान्छा फेम विश्वास तिम्सिनाले लेखिरहेका छन् । अनमोल केही दिनपछि ‘छड्के २’को प्रचारमा व्यस्त हुनेछन् । फागुन १९ मा प्रदर्शन हुन लागेको यो फिल्म ‘छक्का पञ्जा ४’सँग जुध्दैछ । यही फिल्मको प्रदर्शन पछि अनमोल ‘जेरी २’को सुटिङमा व्यस्त हुनेछन् । दुई हिरोइन रहने फिल्मको दोस्रो हिरोइनमा निर्माण टिमले पूर्णिका सिजापतिलाई अनुबन्ध गरेको खबर छ ।  


Author

थप समाचार
x