सिनेमा

पुष्पले जे नहोस् भन्थे त्यही भयो

इकागज |
माघ २, २०७९ सोमबार १५:५३ बजे

काठमाडौँ - ‘मारुनी’ रिलिज ताका पुष्प खड्काले आफ्नो पारिश्रमिक बढाएर ३० लाख पुर्याएका थिए । तर कुनै निर्माताले पुष्पलाई यति रकम तिरेर फिल्म खेलाएको चर्चा त भएन तर ‘मारुनी’ रिलिजपछि उनले पैसा डिमान्ड गरेको सुनिएन । 

तर बोल्ने बानी लागेका पुष्पले ‘कृष्ण लीला’ रिलिजको समयमा अर्को तिर छोडे । त्यो तिर थियो फिल्म फ्लप भए ५० प्रतिशत पारिश्रमिक फिर्ता गर्ने । ‘कृष्ण लीला’ उनले सोचेभन्दा नराम्ररी फ्लप भयो । तीन वटा फिल्मसँग रिलिज भएको फिल्ममा सबैभन्दा चुपचाप डुब्नेमा यसैको नाम रह्यो । यति हुँदा पनि पुष्पले निर्मातालाई पैसा फिर्ता गरेको खबर आएको छैन । 


 ‘कृष्ण लीला’को असफलताले आत्तिएका पुष्पलाई ‘तिम्रो मेरो साथ’बाट त्यति धेरै आस थिएन क्यार । उनले यो फिल्मको प्रचारमा पैसा फिर्ता गर्ने जस्ता कुरा गरेनन् र फिल्मलाई लिएर पनि आत्मविश्वासी भएको देखिन्थेन् । उनले केही अन्तर्वार्तामा बोलेका पनि थिए, ‘अरु जे सुकै भए पनि अघिल्लो फिल्म जस्तो नहोस् ।’ तर पुष्पको नियति यो फिल्म पनि अघिल्लो फिल्म जस्तै भयो । अझ यसमा त पुष्पभन्दा बढी पैसा लिइरहेकी साम्राज्ञीराज्य लक्ष्मी शाह पनि थिइन् । तर पनि फिल्म चलेन । पुष्प जे नहोस् भन्थे आखिर त्यही भयो । 


Author

थप समाचार
x