सिनेमा

जितुलाई लिएर फेरि मोफसल घुम्‍न निस्किइन् साम्राज्ञी

इकागज |
माघ १, २०७९ आइतवार १०:१७ बजे

काठमाडौँ- जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित सिनेमा 'ह्ययारी कि प्यारी' मोफसल टुरमा  निस्किएको छ ।पश्चिम नेपालको नेपालगंजदेखि अनौपचारिक रुपमा सुरु भएको टूर चितवनबाट औपचारिक रुपमा अगाडी बढ्नेछ ।

डा. कपिल रिजाल निर्देशित सिनेमाको टिम शनिबार बिहान पर्यटकीय नगरी चितवन पुगेको छ ।चितवनमा दिउँसो १२ बजेदेखि निर्माण टिम प्रचारका विभिन्न माध्यमसँग जोडिनेछ । त्यहाँ चितवन महोत्सवमा दर्शक माझ पुग्ने र चितवनका मिडियासँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।


मोफसल टुरमा निर्देशक रिजालसँगै, जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुको साथ रहनेछ । साथै टुरमा गायक सपन कुमार राई, सुविन सिंह र गायिका बेनिशा पौडेल पनि सहभागी हुनेछन । 

माघ ७ गतेसम्मको सेड्युल तय गरिएको टुर चितवनपछि पर्सा हुँदै पोखरा, बेनी, बुटवल, हेटौंडा, विराटनगर, धरान, इटहरी, दमक र अन्तिममा बिर्तामोडमा पुगेर टुंगिनेछ । यी सहरहरुमा निर्माण टिमले महोत्सवसँगै विभिन्न क्याम्पस, मल र मिडियासँग अन्तरक्रिया गर्नेछ । बिर्तामोडपछि राजधानी फर्किएर टिमले काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम र मिडिया अन्तरक्रिया गर्ने सेड्युल तय गरिएको छ ।

माघ २० देखि अलनेपाल प्रदर्शनमा आउन लागेको सिनेमामा जितु र साम्राज्ञी शिर्ष भूमिकामा छन् ।सिनेमामा सम्झौताको विवाहले जीवनमा नित्याउने उतारचढावलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ ।

निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ ।​सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।

 


Author

थप समाचार
x