सिनेमा

बडीगार्ड शेराका छोरालाई लञ्च गर्दै सलमान

इकागज |
पुस ९, २०७९ शनिबार १६:१७ बजे

काठमाडौँ- सोनाक्षी सिन्हा, जरिन खान र सुरज पञ्चोलीलाई लञ्च गरेका सलमान खानले अब आफ्नो बडीगार्ड शेराका छोरा अबिर उर्फ ​​टाइगरलाई लन्च गर्ने भएका छन् । सलमान अबीरको अपोजिट अभिनेत्रीको खोजीमा रहेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् । तर, अहिलेसम्म आधिकारिक घोषणा भने नभएको उनीहरूले बताएका छन् ।​

पिंकभिलाको रिपोर्टका अनुसार सलमानले 'तेरे नाम' का निर्देशक सतीश कौशिकलाई अबीरकाे भूमिका रहने गरी फिल्म निर्देशन गर्न अनुरोध गरेका छन् । त्यति मात्र होइन, फिल्मको स्क्रिप्ट पनि तयार भइसकेको र २०२३ मा छायांकन सुरु हुने बताइएको छ ।


अबिर सिंह उर्फ ​​टाइगर सलमानका अंगरक्षक गुरमीत सिंह जोली उर्फ ​​शेराका छोरा हुन् । उनकाे सामाजिक सञ्जाल हेरेर थाहा हुन्छ कि उनले सलमानलाई गडफादर मान्छन् । सलमान जस्तै अबीर पनि फिटनेसका धेरै शौकिन छन् । मिडिया रिपोर्टका अनुसार अबीरले अलि अब्बास जफरलाई ब्लकबस्टर फिल्म सुल्तानमा असिस्ट गरेका थिए जसमा सलमान मुख्य भूमिकामा थिए ।

सन् २०२३ मा सलमान खान फिल्म ‘कस भाई की जान’ मा देखिनेछन् । यसबाहेक भाइजान उनको प्रतीक्षित फिल्म 'टाइगर ३' पनि बक्स अफिसमा रिलिज हुँदैछ । साथै भाइजान जनवरीमा रिलिज हुने शाहरुखको फिल्म पठानमा पनि क्यामियोमा देखिने छन् ।


Author

थप समाचार
x