सिनेमा

सारा, प्रितम र कबिर अभीनित ‘गुञ्जन’ ट्रेलर : सुन्दर लोकसेनमा खिचिएको प्रेमकथा

इकागज |
पुस ८, २०७९ शुक्रबार १३:७ बजे

काठमाडौँ -  फिल्म ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ । पुस २९ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्मको ट्रेलर प्रेम, बिछोड र बदलाको कथा वरिपरि रहेर तयार गरिएको छ । एक मिनेट ४५ सेकेन्डको ट्रेलरमा फिल्मका तीन मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्कालाई देख्न सकिन्छ । ट्रेलरले  फिल्म प्रेमकथामा बनेको सजिलै अनुमान गर्न सकिन्छ ।

अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा सारा र प्रितम, कबिरको अलवा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।


विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यू फिल्म हो । प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यू गरेका हुन् ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौंबाहिर एफडी कम्पनीले गर्दैछ ।


 


Author

थप समाचार
x